त्रिशूली दुर्घटना अपडेट : ५ को मृत्यु, २९ घाइते

trisuli bus accident
फाइल तस्वीर
लाेकपाटी न्यूज

धादिङ, ५ जेठ। झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आइतबार बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ।

दुर्घटनामा २९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख इन्सपेक्टर नवराज ढुंगेलले जानकारी दिए।ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका ६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो।

घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन्।दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्