त्रिशूली नदीमा बस खस्यो, ५ को मृत्यु

91919
लाेकपाटी न्यूज

काठमाडौं, ५ जेठ। झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना भएको छ। दुर्घटना हुँदा मृत्यु ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रदेश नम्बर ३ का प्रहरी प्रमुख डिआईजी दीपक थापाले जानकारी दिए।

थापाले भने, ‘मृतकमध्ये २ जना महिला, २ जना पुरुष छन्। एक जनाको शव भने पानीमै रहेकाले निकाल्ने प्रयास भइरहेको छ ।’ दुर्घटनामा घाइते भएका २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको छ।मृतक र घाइतेको परिचय खुलेको छैन। दुर्घटना हुने बेला बसमा कति यात्रु थिए भन्ने पनि एकिन नभएको डिआईजी थापाले जानकारी दिए। प्रहरीका अनुसार चालक सम्पर्कमा छैनन्। दुर्घटनाको कारण खुल्न बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्