कृषि उद्योगमा लगानी बढाउनुहोस् : मन्त्री लामा

dawa lama mantri bhumi
लाेकपाटी न्यूज

चितवन, ४ जेठ। प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि उद्योगमा लगानी बढाउनुपर्ने बताएका छन्।

शनिबार चितवन उद्योग संघको १९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लामाले कृषि उद्योगमार्फत प्रदेशलाई समृद्ध बनाउन लगानी बढाउनुपर्ने बताएका हुन्। कृषि, पर्यटन र उद्योगमार्फत देशमै रोजगार प्रदान गर्न सकिने उनको भनाई छ।

‘प्रदेश सरकार नीजी क्षेत्रसँग सहकार्य गरेर काम गर्दैछ’, मन्त्री लामाले भने, ‘निर्धक्क भएर लगानी गर्नुहोस्, वातावरण आफै बन्दै जान्छ।’ सरकारले गरेको लगानी किसान उत्साहित हुने र युवालाई रोजगार दिने खालको हुनुपर्ने उनको भनाइ थियो।

उनले बन्द उद्योग सञ्चालन र नयाँ उद्योग स्थापनामा सरकारले जोड दिएको बताए। उत्पादनको क्षेत्रबाट प्रदेशलाई समृद्ध बनाउने योजनामा सरकार लागि परेको मन्त्री लामाको भनाई छ। ‘कृषि मन्त्रालयले सामूहिक खेतीको अवधारणालाई अघि सारेको छ, यसवर्ष चितवन र सिन्धुलीबाट काम सुरु भएको छ’, उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्