पर्यटकको सुरक्षा गर्न पटिहानीमा पर्यटक प्रहरी

Nepal-police
लाेकपाटी न्यूज

चितवन, ४ जेठ। सरकारले घोषणा गरेको १ सय पर्यटकीय गन्तव्यमध्येको एक पटिहानीमा पर्यटन प्रहरी परिचालन गरिने भएको छ।

भरतपुर महानगरपालिका २२ वडा कार्यालयको पुरानो कार्यालय रहेको स्थानमा पर्यटन प्रहरी कार्यालय राख्न लागिएको हो। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यही जेठ १० गते उक्त कार्यालय शुभारम्भ गरिने बताईन्। उनले पर्यटन प्रहरी रहेसँगै आन्तरिक र बाह्य पर्यटकले सुरक्षित महशुस गर्ने र यसबाट पर्यटकको सङ्ख्या बृद्धि हुने अपेक्षा गरिएको जानकारी दिईन्।

वडा नं. २२ का अध्यक्ष विष्णुराज महत्तोले प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ प्रहरी रहने बताए। पश्चिम चितवनको यस क्षेत्रमा अहिले तीन वटा तीन तारे होटल सञ्चालनको त्रममा रहेका, पाँच वटा ठूलो होटल सञ्चालन भइरहेका र साना दुई दर्जनको हाराहारीमा होटल रहेको उनले जानकारी दिए। ती होटलमा ५०० को क्षमता रहेको छ।

अहिले यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा अघिल्ला वर्षको तुलनामा २५ प्रतिशले वृद्धि भएको पर्यटन व्यवसायीले बताएका छन्। पर्यटन व्यवसायी गणेश पौडेलका अनुसार अहिले पर्यटकको चाप बढ्दै गएको छ। चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै रहेको पटिहानी दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु अवलोकनका लागि उत्तम स्थान रहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्