सांसद केसी चढेको गाडी तोडफोड

krishna kc
लाेकपाटी न्यूज

बाँके, ४ जेठ। बाँके क्षेत्र नम्बर १(क) बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’ चढेको गाडी शुक्रबार साँझ नरैनापुरमा तोडफोड भएको छ।

प्रहरी चौकी घेराउ गरिरहेको समुहले केसी चढेको गाडीमा तोडफोड गरेको हो। प्रहरी चौकी घेराउका क्रममा केसी निर्वाचन क्षेत्रको भ्रमण गरी कटकुइयाबाट फर्कँदै थिईन्।नरैनापुरमा ब्यवसाय गर्ने भारतीय नागरिक चरेस सहित पक्राउ गरेपछि स्थानिय आक्रोशित हुँदै प्रहरी चौकी घेराउ गरेका थिए।

निर्दोषलाई फसाउन खोजेको भन्दै स्थानीयले रिहाइको पहल गरिदिन केसीलाई दवाब दिएका थिए। केसी त्यहाँबाट अघि बढ्न खोज्दा उनी चढेको गाडीमाथि तोडफोड भएको हो। तोडफोडबाट सामान्य क्षति पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्