चेम्बर अफ कमर्शको प्रदेश अध्यक्षमा अधिकारी चयन

लाेकपाटी न्यूज

पोखरा, ३ जेठ । नेपाल चेम्बर अफ कमर्शको गण्डकी प्रदेश अध्यक्षमा युवा व्यवसायी यदुनाथ अधिकारी चयन भएका छन् ।

चेम्बर अफ कमर्शको कार्यसमिति बैठकले अधिकारीलाई केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

नेपाल चेम्बर अफ कमर्शको गण्डकी प्रदेश अध्यक्षमा चयन भएपछि व्यवसायी अधिकारीले  प्रदेशभरका व्यवसायीलाई समेटेर प्रदेशको नेतृत्व गर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्