प्रहरी वृत्त गौशालामा महानिरीक्षक खनालकाे आकस्मिक निरीक्षण

लाेकपाटी न्यूज

काठमाडाैं, ०३ जेठ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी वृत्त गौशालाको निरीक्षण गरेका छन्।

महानिरीक्षक खनालले गाैशाला प्रहरी वित्तकाे आकस्मिक रुपमा निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा महानिरीक्षक खनालले कार्यालयको वातावरण नागरिक मैत्री हुनुपर्ने  बताएका छन्।

उनले निरीक्षणका क्रममा समुदाय-प्रहरी साझेदारी अनुरूप सेवाग्राहीहरुले महसुस गर्ने गरी छिटो छरितो नागरिक मैत्री सेवा प्रदान गर्नुपर्ने साथै अपराध तथा अपराधी विरुद्ध कानूनी कठोरताका साथ कार्य सम्पन्न गर्न  कार्यालयमा कार्यरत  कर्मचारीहरूलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्