कास्की, ०३ जेठ । सरकारले प्रहरीलाई मोटरसाइकल किनिदिने भएको छ । गण्डकी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीलाई मोटरसाइकल किनिदिने निर्णय गरेको हो ।
गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतका अनुसार मन्त्रिपरिषद्को निर्णयले मोटरसाइकल किन्न ९२ लाख बराबरको रकम छुट्याएको छ । ‘सरकारले अफसेट प्रेस खोल्नका लागि विनियोजन गरेकोे रकम रकमान्तर गरेर प्रहरीका लागि मोटरसाइकल किन्ने निर्णय गरेको छ,’ उनले भने, ‘सार्वजनिक खरिद ऐन अनुसार टेन्डर निकालेर मोटरसााइकल खरिद गर्छौं।’
उनले आवश्यकताअनुसार प्रहरीलाई मोटरसाइकल उपलब्ध गराउने जनाए । उनले भने, ‘गाउँमा अत्यावाश्यक पर्दा हिँडेर सेवा दिनुपर्ने अवस्था छ । सकेसम्म गाडी नै दिनुपर्ने हो । तर, अहिले त्यो सम्भव छैन त्यसैले मोटरसाइकल दिन लागिएको हो।’



लाेकपाटी न्यूज

