अमेरिकाका दश धनी राष्ट्रपति, कस्काे सम्पति कति ?

लाेकपाटी न्यूज

एजेन्सी । अमेरिकामा हालसम्म ४५ जना राष्ट्रपति भइसकेका छन्। डोनाल्ड ट्रम्प ४५ औं राष्ट्रिपति हुन्। उनीहरुको पृष्ठभूमि हेर्दा केही सामान्य परिवारबाट छन् भने कोही सम्भ्रान्त वर्गबाट छन्।

अमेरिकाको राजनीतिमा ठूलो प्रभाव पारेका राष्ट्रपतिहरुले विश्व राजनीतिमा पनि उत्तिकै पारेका छन्। अमेरिकाका सम्पति राष्ट्रपतिको सम्पति कति छ भन्ने कुरा सबैको चासोको विषय बनेको हुन्छ। आज हामी अमेरिकाका सबैभन्दा धनी राष्ट्रपतिकाबारे चर्चा गरेका छौं।

जोन फिट्ज्जेराल्ड केनेडी : फिट्ज्जेराल्ड केनेडी अमेरिकाका सबै भन्दा धनी राष्ट्रपति हुन्। उनी एक बिलियन अमेरिकी डलरका मालिक हुन्। उनले सन् १९६१ देखि १९६३ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए। उनी अमेरिकाका ३५ औं राष्ट्रपति हुन्।

जर्ज वासिङटन : जर्ज वासिङटन अमेरिकाका पहिलो राष्ट्रपति हुन्। जर्ज अमेरिकाका धनी राष्ट्रपतिमा पर्दछन्। यिनी ५ सय २५ मिलियन अमेरिकी डलरका मालिक हुन्। यिनले १७८९ देखि १७९७ सम्म ८ वर्ष अमेरिकाको राष्ट्रपतिको कार्यकाल सम्हालेका थिए।

थोमस जेफरसन : थोमस जेफरसन अमेरिकाका तेस्रो राष्ट्रिपति हुन्। यिनले १८०१ देखि १८०९ सम्म ८ वर्ष राष्ट्रिपतिको सम्हालेका थिए। यिनी २ सय १२ मिलियन अमेरिकी डलरका मालिक हुन्।

थिओडोर रोसेभेल्ट : थिओडोर रोसेभेल्ट अमेरिकाका २६ औं राष्ट्रपति हुन्। १९०१ देखि १९०९ सम्म ८ वर्ष राष्ट्रिपतिको सम्हालेका थिए। यिनी १ सय २५ मिलियन अमेरिकी डलरका मालिक हुन्।

एडिउ ज्याक्सन् : एडिउ ज्याक्सन् पनि अमेरिकाका धनी राष्ट्रपति मध्ये एक हुन्। यिनी अमेरिकाका ७ औं राष्टर्पति हुन्। यिनले १८२९ देखि १८३७ सम्म राष्टर्पतिको पद सम्हालेका थिए।

जेम्स मेडिसन : जेम्स मेडिसन अमेरिकाका चौथो राष्टर्पति हुन्। यिनले १८०९ देखि १८१७ सम्म ८ वर्ष राष्टर्पति पद सम्हालेका थिए। यिनको सम्पति १ सय १ मिलियन अमेरिकी डलर रहेको छ।

लिनडोन बेन्स जोनसोन : लिनडोन बेन्स जोनसोन अमेरिकाका ३६ औं राष्ट्रपति हुन्। यिनले सन् १९६३ देखि १९६९ सम्म ७ वर्ष राष्ट्रपति पद सम्हालेका थिए। यिनको सम्पति ९८ मिलियन अमेरिकी डलर रहेको छ।

हर्बट क्लार्क होभर : हर्बट क्लार्क होभर अमेरिकाका ३१ औं राष्ट्पति हुन्। यिनले सन् १९२९ देखि १९३३ सम्म चार वर्ष राष्ट्रपति पद सम्हालेका थिए। क्लार्क होभर ७५ मिलियन अमेरिकी डलरका मालिक हुन्।

फ्रयाकलिन डिलानो रोसेभेल्ट : फ्रयाकलिन डिलानो रोसेभेल्ट पनि अमेरिकाको धनी राष्ट्रपतिमा पर्दछन्। रोसेभेल्ट अमेरिकाका २३ औं राष्ट्रपति पनि हुन्। यिनले सन् १९९३ देखि २००१ सम्म ८ वर्ष अमेरिकाको राष्ट्रपति पद सम्हालेका थिए।

विलियन जेफरसन क्लिन्टन : अमेरिका धनी राष्ट्पति मध्ये एक बिलियनर्स जेफरसन क्लिन्टन पनि हुन्। उनको सम्पति ७५ मिलियन अमेरिकी डलर रहेको छ। क्लिन्टन ४२ औं राष्ट्रपति हुन्।