सरकारकाे नियमित पत्रकार सम्मेलन स्थगित, यस्ताे छ कारण

gokul baskota
लाेकपाटी न्यूज

काठमाडौं, ०२ जेठ । सरकारले हरेक बिहीबार नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलन आज स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मुलुक बाहिर रहेका कारण मन्त्रीपरिषद् बैठक नबसेकाले सरकारले आजको पत्रकार सम्मेलन स्थगित गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ट्विट गरेर आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘‘सम्माननीय प्रधानमन्त्रीज्यूको विदेश भ्रमणको कारण अघिल्लो मन्त्रीपरिषद् बैठक नबसेकोले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु।’’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्