यौन व्यवसायले अर्थतन्त्र बलियो हुन्छ : सावित्री सुवेदी

Sabitri subedi
लाेकपाटी न्यूज

इटहरी, १ जेठ। महिला अधिकारका क्षेत्रमा आवाज उठाइरहेकी सावित्री सुवेदी पछिल्लो समय यौन व्यवसायलाई वैधानिक बनाउनुपर्ने माग राखिरहेकी छिन्।

उनले सामाजिक सञ्जाल र विभिन्न अन्तर्वार्तामार्फत् यौन व्यवशायलाई वैधानिक बनाउन माग गरेकी हुन्। उनका पछिल्ला केही स्टाटसहरुमार्फत् यौन व्यवशायलाई वैधानिक बनाएमा बलात्कार घट्ने र देशको अर्थतन्त्र बलियो हुने विचार राखेकी छिन्।

उनले बुधबार बिहान एक घण्टाभित्र अपडेट गरेका दुई वटा स्टाटसमा दर्जनौं कमेन्ट आएका छन्। कमेन्ट गर्ने धेरैले उनको विचारसँग असहमती जनाएका छन्। महिला हिंसाविरुद्ध आवाज उठाउने साबित्रीले महिलालाई वेश्या बनाउनुपर्छ भन्ने विचार राखेपछि धेरैले आश्चर्य मानेका छन्। साबित्रीले लेखेका केही स्टाटसहरु यस्ता छन् :

‘नेपालमा रेड लाइट एरिया घोषणा गरिदिए अहिलेको बलात्कारको घटनाहरू कम हुन्थे कि ???’

‘हाम्रो समाजमा छोरीभन्दा छोरा पाउदा खुशी छाउँछ कारण बुढेशकालमा पाल्छ,पिण्ड दान गर्छ तर, ठीक उल्टो, वादी समुदायमा छोरो जन्मँदा दुःखी र छोरी जन्मँदा खुशी हुने संस्कार हुन्छ।’

‘यौन व्यवसाय हाम्रो देशमा सबैभन्दा बढि फस्टाएको व्यवसाय भएपनि यो अवैधानिक भएका कारण यसको फाइदा प्रहरीले लिइरहेको छ।’

यौन व्यवसायलाइ वैधानिक गरेर सरकारले कर असुली गर्नसके अर्थतन्त्र बलियो हुने चनाइ उनले राखेकी छिन्।उनको स्टाटसमा आएका धेरैजसो कमेन्ट उनको विचारसँग असहमत भएर लेखिएका छन्। कतिले त उनलाई गालीसमेत गरेका छन्।

विगतमा बलात्कारीलाई मृत्युदण्डको माग गर्दै, महिला अधिकारका लागि पेटीकोट लगाएर सिंहदरबार अघि प्रदर्शन गरेकी सावित्रा यस्तो विचार खाख्दा मानिसहरु आक्रशित बनेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्