अमृतसर, १ जेठ। भारतीय कारागारबाट ११ पाकिस्तानी कैदबन्दी रिहा भएका छन्। जेलबाट मुक्त भएका १९ जना पाकिस्तानी कैदीबन्दी स्वदेश पुगेका हुन्।
उनीहरु अट्टारी–वागा सीमा हुँदै पाकिस्तान पुगेका छन्। विभिन्न समयमा विना प्रवेशआज्ञा र गैरकानूनी रुपमा भारत पुगेका पाकिस्तानलाई भारतले फत्राउ गरि जेल चलाउन गरेको थियो। जसमध्ये हालै भारत सरकारले १९ जनालाई कैदीबन्दीलाई रिहा गर्न आदेश दिएको थियो।
भारतको जेलबाट मुक्त भएका पाकिस्तानी नागरिक विकास अहमदले आफूले १० वर्ष जेलमा विताउनु परेको बताए। भारतले उनलाई सन् २००९ मा विना प्रवेशआज्ञा आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेको भन्दै पक्राउ गरेको थियो। १३ महिना भारतीय जेलमा विताएर मुक्त भएका एक माझी मुस्तफाले भारले आफ्नो जेलमा रहेका पाकिस्तानीलाई छाड्नु स्वागतयोग्य कदम रहेको बताएका थिए।
उनी समुद्रमा माछा मार्ने क्रममा अन्जानबस भारतीय सीमा क्षेत्रमा प्रवेश गरेपछि पक्राउ परेका थिए। भारत र पाकिास्तानको सीमा जोडिएका क्षेत्रबाट हरेक वर्ष दुई देशका नागरिक एक–अर्काको सीमाबाट पक्राउ पर्ने गर्छन्।विशेष गरी माछा मार्ने माझीहरु भुलबस अर्को देशको सीमामा प्रवेश गर्दा पक्राउ पर्छन्। भारतीय माझीहरु पनि ठूलो संख्यामा पाकिस्तानी जेलमा रहको बताइन्छ।
गत अप्रिल महिनामा मात्रै भारतको अनुरोधमा पाकिस्तान सरकारले आफ्नो जेलमा रहेका ६० जना भारतीयलाई रिहा गरेको थियो।



लाेकपाटी न्यूज

