वाशिङटन, १ जेठ। लुजियानामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मोजा देखाएर स्वागत गरिएको छ। ट्रम्प मंगलबार लुजियानामा जाँदा उनलाई आफ्नै तस्बिर अंकित मोजा देखाएर स्वागत गरिएको हो।
स्वागत गर्दै लुजियानाका लेफ्टिनेन्ट गभर्नर बिली नुन्गेसरले राष्ट्रपतिका अगाडि मोजाको प्रदर्शन गरेका थिए। सो अवसरमा राष्ट्रपति पनि खुसी अवस्थामा नै देखिएका छन्। डेली मेलका अनुसार त्यसपछि दुवै जनाले सो मोजा देखाउँदै प्रेसलाई फोटो खिच्न लगाएको तस्बिर सार्वजनिक भएको छ।
सो मोजा गम्बाल पूडलले तयार पारेको हो। सो मोजाको २५ डलर पर्दछ। उक्त मोजालाई ‘डोनाल्ड ट्रम्प सक्स’ भन्ने गरिएको छ।



लाेकपाटी न्यूज

