अस्ट्रेलियाको पिआर होल्डर बनेर युवतीले गरिन् तीन युवकसँग बिहे

Thagi
लाेकपाटी न्यूज

काठमाडौं, ३१ वैशाख। एक युवतीले अस्ट्रेलियाको पिआर होल्डर भएको भन्दै तीन युवकसँग विवाह गरेकी छिन्। २३ वर्षीया रेजिना अधिकारीले ती युवकलाई आफूसँग विवाह गरेर अष्ट्रेलिया लैजाने बचन दिदैँ आफ्नो जालमा पारेकी हुन्।

उनले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीका अमित श्रेष्ठ, सिन्धुलीको कमलामाई नगरपालिका–२ का अरविन स्याङ्बो र भक्तपुरको चाँगुनारायण नगरपालिका–३ दाहाल गाउँ बस्ने सागर धमलालाई ठगी गरेकी हुन्। विदेश जाने चक्करमा रहेका ती तीनै जनाको भेट रेजिनासँग भएपछि पिआर होल्डर बताएपछि युवक पनि युवतीको नजिक बने।

उनीहरूले विवहाको सबै प्रक्रिया पूरा गरेपछि विवाह दर्तासमेत गर्छन्। विदेश जानका लागी श्रोष्ठले रेजिनालाई ४ लाख ५० हजारसमेत दिए। उक्त पैसा लिएर रेजिना मोबाइल अफ गरी समपर्क विहिन हुन्छिन्। आफू ठगिएको महसुस भएपछि उनले महानगरीय प्रहरी अपराध महाशाखाका श्रेष्ठले उजुरी दिए।

उनकै उजुरीको आधारमा महाशाखाको टोलीले अधिकारीलाई सोमबार मध्यबानेश्वरबाट पक्राउ गर्छ। अस्ट्रेलिया लैजाने आश्वासन दिएर उनले धमलालाई विवाह गरेर अष्ट्रेलिया लैजाने भन्दै १३ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। अन्य एक जना युवकसँग पनि यसैगरी विवाह गरेर ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

युवतीको यस्तो ठगीमा कन्सल्टेन्सी सञ्चालक स्याङ्बो सहयोग गर्दै आएको खुल्न आएपछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको छ। सुनसरीको बुर्ज गाउँपालिका–६घर भएकी अधिकारी पछिल्लो समय काठमाडौं नयाँ बानेश्वर बस्दै आएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्