काठमाडौं, ३१ वैशाख । काठमाडौं मलमा भएको घोटलाको सत्य तथ्य बाहिर आउन थालेपछि काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुष्मा महरामाथि चौतर्फी आक्रमण शुरु भएको छ।
ज्यानमार्ने योजना बनाउने र भष्ट्रचार गर्नेहरुले यस भष्ट्रचार विरुद्धका अभियन्ता तथा द काठमाडौं मल व्यापार संघकी अध्यक्ष महरामाथि नचाहीँदो आरोपसहित मिडियामा प्रचार–प्रसार गर्दै आक्रमण शुरु गरेका हुन्।
भष्ट्रचार विरुद्ध लेखेका न्यूज च्यानलहरुलाई समेत प्रकाश कुमार श्रेष्ठले पुलिसको माथिसम्मको च्यानल आफूसँग रहेकोले कारबाही गर्न सक्ने भन्दै हटाउन धम्की दिएका छन् । काठमाडौं मलमा भएको घोटलाको छानविन निकायलाई भ्रमित पार्न खोजिएको द काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुष्मा महराले बताइन्। उनले भनिन्, ‘ भष्ट्रचार विरुद्धका यथेष्ट प्रमाणहरु भएकाले मिडियामार्फत गरेको कू–प्रचार प्रसारले कुनै असर पर्दैन ।’
उनका अनुसार डनगिरी गर्नेले जतिसक्दो बनावटी कुरा गरे पनि, जो जो सँग सेटीङ गरेपनि यो देशमा अझै पनि राष्ट्रलाई माया गर्ने राष्ट्र सेवकहरु रहेकोले कारवाही हुनेमा आफू ढुक्क रहेको महराले बताइन्।



लाेकपाटी न्यूज
