काठमाडौं, ३१ वैशाख। अब नेपाल आएका विदेशी पर्यटकले पनि एनसेलको सिम प्रयोग गर्न पाउने भएका छन्। एनसेलले मंगलबारदेखि ‘ट्राभलर्स सिम’ योजना ल्याएको हो।
योजनासँगै नेपाल भ्रमणमा आउने विदेशीले १ सय १० रुपैयाँ (करसहित)मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्नेछन्। यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधिअनुसार विभिन्न भोल्युमका कम्बो प्याक लिन सक्नेछन्।
स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिमसहित ३० रुपैयाँको मेन ब्यालेन्स र तीन दिनका लागि मान्य हुने ३ सय एमबी डाटा प्राप्त गर्नेछन्। ‘ट्राभलर्स सिम’अन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकले आफ्नो आवश्यकताअनुसार ४ सय ९० देखि १ हजार ९ सय ६० रुपैयाँसम्मका विभिन्न समय सीमा रहेका भ्वाइस तथा डाटा बन्डलिङ गरिएको कम्बो प्याक खरिद गर्न सक्नेछन्। योजनाअन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभी र सुपर गरी चारवटा विकल्प छन्।
पर्यटकले ७ जिबी डाटा र २० मिनेट अन नेट टक टाइम रहेको लाइट प्याक करसहित ४ सय ९० रुपैयाँमा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गरेको दिनदेखि ७ दिनसम्म मान्य रहनेछ। मिडियम प्याकअन्तर्गत ग्राहकले करसहित ९ सय ८० मा १४ जिबी डेटा तथा ३० मिनेट अन नेट टकटाइम प्राप्त गर्नेछन् र यो १४ दिनका लागि मान्य रहनेछ।
हेभी प्याकअन्तर्गत करसहित १ हजार ४ सय ७० रुपैयाँमा २१ जिबी डाटा र ४० मिनेट अन नेट टकटाइम पाइनेछ। यो योजना २१ दिनका लागि मान्य रहनेछ। भ्वाइस तथा डेटा भोलुम बढी चाहिने ग्राहकले करसहित १ हजार ९ सय ६० रुपैयाँमा सुपर प्याक सुचारु गर्न सक्नेछन्। यो प्याकअन्तर्गत ग्राहकले २८ दिन समयसीमा रहेको २८ जिबी डेटा र ५० मिनेट अन नेट टकटाइम पाउनेछन्। ‘ट्राभलर्स सिम’ योजनाको कम्बो प्याक ग्राहकले ८१७१०५३ डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्नेछन्।



लाेकपाटी न्यूज

