युवतीमाथि बलात्कार गर्ने वडा सदस्य पक्राउ

Rape-01
लाेकपाटी न्यूज

काठमाडौं, ३१ वैशाख। युवती बलात्कार गरेको आरोपमा एक जना वडा सदस्य पक्राउ परेका छन्। युवती बलात्कारको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिका ३ का वडा सदस्य पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बिष्णु श्रेष्ठ रहेका छन्।  उनले आफुले नै संचालन गरेको इटाभट्टामा काम गर्ने कामदार युवतीलाई कारखानामा नै बलात्कार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा गत चैत ७ गते बलात्कार गरेका हुन्। पीडित युवतीले नै मुद्दा दर्ता गरेपछि श्रेष्ठ फरार रहेका थिए। फरार रहेका श्रेष्ठ सोमबार जिल्लाबाटै पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्