एजेन्सी। श्रीलंकाले केहि सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाएको छ। श्रीलंकाका सरकारले शन्देश पठाउनको लागि प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुक, ह्वटसप लगाएतका एपसहरु अस्थाइ रुपमा प्रतिबन्ध लगाएको हो।
केही समय अगाडि श्रीलंकाको इस्टर पर्वमा सिलसिलाबद्ध बम विस्फोटन भएको थियो। क्रिस्चियन समूहले श्रीलंकाको मस्जिद र मुस्लिम समुदाको पसलमा ढुङ्गा प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्समा उल्लेख भएको जनाइएको छ।
फेसबुकमा भएको एक विवादको कारण श्रीलंकामा एक व्यक्तिमाथि कुटपिट समेत भएको थियो। अधिकारीहरुका अनुसार फेसबुकमा विवादस्पद स्टाटस पोस्ट गर्ने ३८ वर्षीय अब्दुल हमीद मोहम्मद हसमरलाई गिरफ्तार भएका थिए। श्रींलकाका अधिकारीका अनुसार शान्ती बनाउनका लागि सामाजिक सञ्जाल बन्द गरिएको हो।



लाेकपाटी न्यूज

