कति छ यस वर्षकाे काठमाडौं महानगरकाे पूँजीगत खर्च ?

लाेकपाटी न्यूज

काठमाडौं, ३० वैशाख। काठमाडौं महानगरपालिका आव २०७५र ०६७ को बजेट खर्च प्रगति न्युन देखिएको छ। चालू आर्थिक वर्षको ९ महिनाको प्रगति हेर्दा महानगरपालिका बजेट खर्च गर्न असफल भएको हो।

महाशाखा प्रमुख प्रवीण प्याकुरेलका अनुसार चालू आर्थिक वर्षका लागि १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा चैत मसान्तसम्म ३ अर्ब ७६ करोड ९१ लाख ४७ हजार रुपैयाँ मात्र बजेट खर्च भएको छ। महानगरपालिकाले चालू आर्थिक वर्षको ९ महिनामा विनियोजित बजेटको ३० प्रतिशत मात्र खर्च गरेको हो।

त्यसमध्ये, पुँजीगततर्फ महानगरपालिकाले १ अर्ब ४० करोड ६३ लाख २६ हजार रुपैयाँमध्ये चैत्र मसान्तसम्म जम्मा खर्च २१ करोड ७२ लाख ९८ हजार ६सय रुपैयाँ मात्र खर्च गरेको छ। तलब, पारिश्रमिक तथा सुविधा खर्चमा ७९ करोड ७३ लाख ४० हजार रुपैयाँ खर्च भएको छ। यस्तै कार्यालय सञ्चालन खर्चमा ४२ करोड ६ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएकोमा चैत्र मसान्तसम्म १६ करोड ९० लाख ३१ हजार २२४ र पूर्वाधार सुधार तथा अन्य विकास खर्चमा ९ अर्ब ४१ करोड ३७ लाख ८१ हजार रुपैयाँ विनियोजित रकममध्ये चैत्र मसान्तसम्म २ अर्ब ६४ करोड ७० लाख ६ हजार १९ रुपैयाँ मात्र खर्च भएको महाशाखा प्रमुख प्याकुरेलले जानकारी दिए।

महानगरपालिकाले आर्थिक वर्षका लागि छुट्याएको रकममध्ये आर्थिक मसान्तसम्म लगभग ६० प्रतिशतसम्म खर्च हुने अनुमान लगाएको छ। शीर्षक तोकेर विनियोजित नहुनु र आयोजनाको प्रकृयाअनुसार काम नहुनुले विकास निर्माणलगायतका लागि बजेट विनियोजित गरिए पनि समयम रकम खर्च नभएको बताएका छन्।

पछिल्लो समय विकासका काम एकदमै दु्रत गतिमै भइरहेको भएपनि बजेट रकम भने यो आर्थिक मसान्तसम्म पनि खर्च हुने देखिँदैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्