नेपाली चेली बनिन् कोरियाको प्रहरी अफिसर

pic rai
लाेकपाटी न्यूज

काठमाडौं, ३० वैशाख। भोजपुरमा जन्मेकी २८ वर्षीय सम्झना राई दक्षिण कोरियाको प्रहरीमा भर्ती भएकी छिन्।सन् २०१० मा नेपाल भ्रमणमा आएका कोरियन युवासँग प्रेममा परेकी राई त्यसै वर्ष भिजिट भिषामा कोरिया प्रवेश गरेकी थिइन्।

भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक बन्धनमा बाँधिएकी राईले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी छिन्। राईले आफू प्रहरी अधिकृत भएपछि कोरियामा काम, अध्ययन र व्यावसायमा रहेका नेपालीलाई आइपर्ने कानूनी जटिलतामा आफु सहयोगी हुने बताइन्।

भाषाका कारण नेपालीहरु धेरै समस्यामा परेको बताईन्। नेपाली दाजुभाइ दिदीबहिनीलाई कानूनी सहयोग गर्ने बताइन्।उनले विविध कारणले प्रहरी चौकीमा ल्याइएका नेपालीका लागि भाषा र कानूनी सहयोग गर्न आफु तयार रहने पनि बताइन्।

आगामी महिना अर्थात जुलाईदेखि राईले आठ महिने तालिम थाल्दैछिन्।तालिम सकिएपछि राई ख्याङ्गी प्रान्तको सुवनमा प्रहरी अधिकृतको रुपमा काम शुरु गर्ने छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्