एक सय २५ यौन व्यवसायी पक्राउ

Kathmandu_Police
लाेकपाटी न्यूज

काठमाडौं, ३० वैशाख। यौन व्यवसायमा संलग्न रहेका एक सय २५ जना पक्राउ परेका छन्। प्रहरीले राजधानीका विभिन्न क्षेत्रमा यौन व्यवसाय गर्दै आएका १ सय २५ जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १ सय २५ जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिए। ‘काठमाडौँमा हुने अनैतिक क्रियाकलापलाई रोक्नका लागि प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो,’ सुवेदीले भने।

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो। पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्