बिना भिसा जाने होइन त कतार ?

pic quatar
लाेकपाटी न्यूज

काठमाडौं, ३० वैशाख। अब विनाभिसा कतार जान पाइने भएको छ। वैदेशिक रोजगारीका लागि कतार पुगेका नेपाली कामदारले अब विनाभिसा आफ्ना आफन्तहरुलाई कतार घुमाउन पाउने भएका छन्।

हालैमात्र कतारको राष्ट्रिय पर्यटन काउन्सिलले कतारमा बस्ने विदेशी नागरिकका परिवार र साथी–भाईलाई विनाभिसा कतार घुम्न पाउने अवसर ल्याएको हो। ‘समर इन कतार’ उत्सवका बेला विदेशीहरु त्यहाँ बिनाभिसा जान पाउने छन्।

जून ४ देखि अगष्ट १६ सम्म यो कार्यक्रम कतारको पर्यटन काउन्सिलले ३५ संघ–संस्थासँग मिलेर आयोजना गर्दैछ। कतारमा बस्ने नेपालीका आफन्त र साथी– भाईहरु विनाभिसा त्यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रवेश गर्न पाउने छन्। कतारका नागरिक र त्यहाँ बस्नेहरुले यो उत्सवका बेला आफ्ना आफन्त र साथीभाइलाई ल्याउन वा त्यहीँ बसेर निमन्त्रणा दिइ बोलाउन सक्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्