यस्तो थियो राजिव जैनलाई एक करोड जिताउने अन्तिम प्रश्न

Rajib jain
लाेकपाटी न्यूज

काठमाडौं। ‘को बन्छ करोडपति’को शनिबारको एपिसोडमा मोरङका एक व्यक्तिले एक करोड जितेका छन्। मोरङका राजिव जैनले कार्यक्रममा सोधिएको १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड धनराशी जितेका हुन्।

निरन्तर १३ प्रश्नको सही जवाफ दिँदै २५ लाख जित्दा निर्धारित समय सकिएको थियो। त्यसपछि आइतबार बाँकी २ वटा प्रश्नको पनि सही उत्तर दिए। अहिलेसम्म यो संस्करणको कार्यक्रममा यति धेरै प्रश्नको उत्तर मिलाउएर जैनले कीर्तिमान कायम गरेको कार्यक्रम होस्ट महानायक राजेश हमालले बताएका छन्।

राजेश हमालले कार्यक्रममा राजिव जैनलाई अन्तिम प्रश्नका रुपमा २००७ सालको प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनावको घोषणा कहिले भएको थियो ? भन्ने प्रश्न सोधेका थिए। यसको उत्तरमा जैनले वि.सं.२०१४ माघ १९ गते भएने थिए। यसकाने सहि उत्तरले उनलाई १ करोड दिलाउन सफल भएको हो।