काठमाडौं, ३० वैशाख । म्यान्मारको मण्डाले अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा ठूलो हवाइजहाज दुर्घटना हुनबाट जोगिएको छ। मानिसहरु त्यतिबेला निकै आत्तिए जब म्यान्मार नेशनल एयरलाइन्सको एक विमानले पछाडिको पाङ्ग्रामा मात्र आपत्कालीन अवतरण गर्नुपर्यो । विमानमा ८२ यात्री र सात क्रु मेम्बर्स थिए जो पूर्ण रुपमा सुरक्षित छन् । यो घटना आइतबार बिहान ९ बजेको हो ।
वास्तवमा एम्ब्रइर १९० को अगाडिको पाङ्ग्रा नखुलेपछि पाइलटले विमानलाई रनवेमा पछाडिको पाङ्ग्राको मद्दतले उतारे । अवतरण गर्ने बेला विमानको अगाडिको भाग रनवेमा घिस्रँदै अघि बढेको थियो ।
विमानस्थलका प्रवक्ता क्यो सेनका अनुसार क्याप्टेन म्याट मोइ ओंगले अवतरण अघि कन्ट्रोल टावरलाई विमानको अगाडिको पाङ्ग्रा खोल्न नसकेको जानकारी दिइसकेका थिए । विमान याङ्गोनबाट मंडले जाँदै थियो । विमानमा खराबी देखिएपछि उनले आपत्कालीन प्रक्रिया अपनाएको विमानस्थलले जानकारी दिएको छ ।
विमान अवतरण गरिरहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ । जसमा विमानले पछाडिको पाङ्ग्रामा मात्रै अवतरण भइरहेको देख्न सकिन्छ । म्यान्मारमा यो हप्ता विमानमा गडबडीको यो दोस्रो घटना हो । गत बुधबार यंगून एयरपोर्टमा आँधीका बेला बंगलादेश एयरलाइन्सको एक विमान अवतरणका बेला रनवेमा चिप्लिएको थियो जसमा कम्तीमा १७ जना घाइते भएका थिए । – एजेन्सी
भिडियाे हेर्नुहाेस्
#MNA (Embraer 190) #Yangon–#Mandalay this morning, landing at the #Mandalay airport – Nose Lansing Gear failure on landing. Flight Capt. has done the amazing job. #Myanmar pic.twitter.com/7dDzSIs13V
— Cape Diamond (@cape_diamond) May 12, 2019



लाेकपाटी न्यूज

