आईपिएलमा सट्टाबाजी, तीन पक्राउ

arrest-arrest
लाेकपाटी न्यूज

काठमाडौं, ३० वैशाख। भारतमा आईतबार राती समापन भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को खेलमा सट्टेबाजी खेलाउने पक्राउ परेका छन्। आईपिएलको खेलमा हारजीतको जुवा खेलाउने र खेल्ने तीनजना शनिबार कलैयामा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराले भारतमा चलिरहेको आईपिएल क्रिकेट म्याचमा कलैयाका केही मानिसहरुले खेलमा रकम हारजित हुने गरी सट्टाबाजी खेली रहेको सुचनाको आधारमा शनिबार छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले बारा कलैया घुसुकपुर टोल बस्ने हरेराम साहको घरमा सट्टाबाजी भईरहेको अवस्थामा हरेराम सहित दरोगा अन्सारी र राकेश साहलाई क्रिकेट म्याचमा बाजी लगाएको नगद ९४ हजार सहित पक्राउ गरेको हो।

बारा प्रहरीका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले पक्राउ परेका तीनजना बिरुद्ध मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को परिच्छेद ५ को दफा १२५ को उप दफा ४ बमोजिम सट्टाबाजी (जुवा) मुद्दामा कारबाही भइरहेको बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालय बाराबाट ५ को दिनको हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्