काठमाडौं, ३० वैशाख। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको ल्हासाबाट केही वर्षभित्रै रेल काठमाडौं आउने बताएका छन्।
उक्त रेललाई लुम्बिनी र पोखरासम्म र्पुयाउने उनले बताए। राष्ट्रिय विभूति सीताको जन्मजयन्ती समारोहलाई सोमबार बिहान प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब केही वर्षभित्रै, तपाईं हामी जीवित रहँदा रहँदै रेल आउने भएकोे छ।’
ल्हासाबाट काठमाडौं रेल ल्याउने कुरा विपनामा परिणत हुन लागेको उनले बताए। आफू प्रधानमन्त्री हुँदा सबैभन्दा पहिले चीनियाँ राष्ट्रपतिलाई ल्हासाबाट रेल ल्याउने र भृकुटीले खेलेको भूमिकालाई स्थापित गर्न नयाँ अभियान चलाउने कुरा गरेको जानकारी दिँदै प्रचण्डले अहिले त्यो सपना साकार हुन लागेको बताए।
‘चीन भ्रमणमा जाँदा मैले त्यहाँका राष्ट्रपतिलाई भनेको थिएँ, ल्हासाबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेल लैजाने कुरा। यो सपना साकार पार्न हामीले मिलेर काम गर्नुपर्छ भनेको थिएँ।
अहिले मलाई अब यो सपना रहेन्। अब त्यो सपना विपनामा साकार हुँदैछ,’ उनले भने। ल्हासाबाट रेल नेपाल आएमा पर्यटनको विकासको निम्ति र अर्थतन्त्रको विकासको निम्ति कोशेढुंगा हुने विश्वास व्यक्त गरे।



लाेकपाटी न्यूज

