किन रोकियो गौतमबुद्ध विमानस्थल ?

Gautam Buddha International Airport
लाेकपाटी न्यूज

काठमाडौं, ३० वैशाख। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकिएको छ।निर्माणको काम अन्तिम चरणमा रहेका बेला धावनमार्ग निर्माण कार्य रोकिएको हो।

सरकारी लापरबाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य रोकिएको हो। सरकारी कमजोरीकै कारण यस आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइतबारबाट रोकिएको छ।

ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले यसअघि सम्पन्न भइसकेको कामको समेत भुक्तानी नपाएको भन्दै आइतबारबाट धावनमार्ग बनाउने काम रोकेको हो। यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्