मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोश जाँगर र हिम्मत बढ्नेछ। धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्या र बुद्धिको ह्रास हुनेछ। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। विचार गरेर निर्णय लिनु उचित होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ समाचार सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुने छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अतिथिको रूपमा सत्कार पाइएला। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुने छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आकस्मिक धन लाभ हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। पारिवारिक सद्भाव बढ्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। योजना गोप्य राखेर अघि बढ्नु होला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ। राजनैतिक कार्यमा सफलता मिल्ने छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सहयोगी हातहरू अघि बढ्नेछन्। आफन्तको प्रगतिमा मन रमाउनेछ। पुनर्मिलनको योग रहेको छ। व्यापार व्यवसायमा फाईदा होला।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। रमाइलो यात्राको योग पनि रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आकस्मिक धन लाभ हुनेछ। साहित्यिक क्षेत्रमा रूची बढ्नेछ। वाहान लाभ हुने समय छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने छन्।



लाेकपाटी न्यूज
