मिडिया विधेयक पत्रकारमाथिको ‘कू’ हो : सभापति देउवा

Sher Bahadur Deuwa
लाेकपाटी न्यूज

काठमाडाैं, २९ वैशाख । प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गराएको पत्रकारहरूलाई आचारसंहिता उल्लंघनमै दश लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितको विधेयक पत्रकारमाथिको ‘कू’ भएको बताएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले यो ‘कू’ को प्रतिवाद गर्ने बताए।उनले भने, ‘यस्तो पनि हुन्छर लेख्न पनि नपाउने बोल्न पनि नपाउने ? कांग्रेसको पहिलो शर्त नै अभिव्यक्ति स्वतन्त्रतता हो।’

यसैगरी, सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ।

मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन सुरू गरेको हो।