काठमाडौं। धेरै युवा युवती डण्डीफोरकाे समस्याले पिडित भएका हुन्छन्। याे छालामा हुने एक प्रकारकाे राेग हाे।सुन्दर र चम्किलो छाला शरीरमा, अनुहारमा वा शरीरका विभिन्न ठाउँमा डण्डीफोर आउने गर्छ।
डण्डीफोर आउने कारण थाहा पाइसकेपछि यसको उपचारका लागि सजिलो हुन्छ । १२, १३ वर्षदेखि ३०, ३५ वर्षसम्म उमेरमा कुनै पनि बेला धेरै किसिमका डण्डीफोर आउने गर्छ। यो उमेरका वृद्धिसंगै हर्मोन एडर्नल ग्ल्याण्ड्समा हुने हर्मोनका कारण आयल ग्ल्याण्ड्स लाई स्टीमुलेट गरेपछि यस्तो परिवर्तन आउँछ । यसलाई विभिन्न उपायबाट कम गराउँन सकिन्छ।
धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन्। डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्। डण्डीफोर आम समस्या हो। यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ।
डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो। फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ। यहाँ डण्डीफोर हटाउने घरेलु उपायको चर्चा गरिएको छ।
ओलिभ आयलः ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ। नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ।
आलुः आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस्। एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस्। यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस्। यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।
कागतीको रसः डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस्। यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ। दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस्।
खाने सोडाः फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस्। यसबाट छालामा थोरै झनझनाहट हुन्छ। छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस्।
महः एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस्। त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस्। अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुहोस्। यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ।
भिटामिनः खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस्।
गोलभेंडाः गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुहोस्। यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस्।
चन्दन पाउडरः एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुहोस्। केही दिनमै दाग हट्न थाल्छ।



लाेकपाटी न्यूज

