भ्लादिमिर पुटिन खेल मैदानमा चिप्लिएपछि (भिडियो)

bhaladmir putin
लाेकपाटी न्यूज

एजेन्सी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइस हक्कीको प्रदर्शनी खेलमा भाग लिएका छन्। शुक्रबार राति भएको खेलमा आइस हक्कीको राष्ट्रिय लिगका पूर्वखेलाडी सम्मिलित टोलीबाट खेल्दै ६६ वर्षीय पुटिनले त्यस खेलमा भाग लिएका हुन्।

उक्त खेलमा उनी आठ गोल गर्न सफल भए। उनी सम्मिलित टिम १४-७ ले विजयी भयो। जब उनको टिम विजयी भयो, त्यसश्चात खुसीयाली मनाउनको लागि उनी मैदान घुम्दै थिए। तर अचानक उनी लडे। चिप्लिएर लडेपछि उनी हत्तपत्त उठिहाले।

आइस हक्की खेलमा राष्ट्रपति पुटिन नियमित भाग लिन्छन्। भिडिओमा पुटिन चिप्लिएर लडेको दुरूस्तै देख्न सकिन्छ।