एक लाख डलरसहित भारतीय महिला पक्राउ

Dollar
लाेकपाटी न्यूज

काठमाडौं, २८ वैशाख। त्रिभुवन विमास्थलबाट १ लाख डलरसहित भारतीय महिला पक्राउ परेकी छिन्। नेपाल वायुसेवा निगमको विमानबाट भारत जान लागेकी महिला त्रिभुवन विमानस्थलबाट अबैध डलरसहित पक्राउ परेकी हुन्।

प्रहरीले ४४ वर्षीय वन्दना सोनी भन्ने वन्दना घनश्याम सोनीलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो। विमानस्थल प्रहरी कार्यालयका अनुसार उनको साथबाट अमेरिकी डलर एक लाख बरामद गरिएको छ। उनी नेपाल एयरलाइन्सको उडान नं आरए २०१  (RA201)बाट काठमाण्डौंबाट भारतको मुम्बइ जान लागेकी थिइन।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्वल अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्