आइतबार सार्वजनिक विदा, हेर्नुहोस् सूचना

5
लाेकपाटी न्यूज

ललितपुर, २७ वैशाख। ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख २९ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ। नगरपालिकाको गत वैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले आइतबार विदा दिने निर्णय गरेको हो।

नगरपालिकाले एक सूचना प्रकाशित गरि महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र सांस्कृतिक पर्व भएकोले भब्यताका साथ मनाउने परम्परा रहि आएको जनाएको छ।

नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा (सरकारी पुजा गरिने दिन) सार्वजनिक विदा दिने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ।
यहि बैशाख २९ गते (आइतबार) अष्टमीका दिन सार्वजनिक विदा हुने सूचनामा जनाइएको छ।

suchana

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्