किन छोड्दैछन् सहसंस्थापक क्रिसले फेसबुक ?

chris hughes
लाेकपाटी न्यूज

रोयटर्स । फेसबुकका सहसंस्थापक तथा मार्क जुकरवर्ग पूर्वसहपाठी क्रिस हग्सले सामाजिक सञ्जाल छोड्ने बताएका छन्।

दी न्यूयोर्क टाइम्सको विचार पृष्ठमा क्रिसले यस्तो भनाई राखेका हुन्। यस कम्पनीका लिडरहरुले जस्तो सुकै राम्रो सावित गर्न खोजे पनि हामी विविध परम्परा भएका एक राष्ट्रजस्तै छौं। जसमा एकाधिकार छ। मार्कको शक्ति बेलायत र अमेरिकाजस्तै अभूतपूर्व भइसकेको छ, उनले बिहीबार लेखेका छन्।

फेसबुकले बृहत सामाजिक सञ्जाललाई समेटेको छ।जसमा विश्वभरबाट दुई अर्बभन्दा बढी प्रयोकर्ताहरु छन्।ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्राम पनि फेसबुककै मातहतमा छन्।जसमा पनि प्रति एप एक अर्बभन्दा बढी प्रयोगकर्ता छन्।  सन् २००४ मा क्रिस फेसबुकका सहसंस्थापक बनेका थिए।

उनले सन् २००७ मा फेसबुक छोडेसँगै लिङ्गइनमा लागेका थिए। म फेसबुकको सहसंस्थापक भएको १५ वर्ष बितिसकेको छ।मैले दशकदेखि कम्पनीमा निरन्तर काम गर्न सकेको छैन। तर, मैले आवेग र जिम्मेवारी बोध भएको छु, क्रिसले भनेका छन्, जो सन् २००८ को राष्ट्रपतिय निर्वाचनमा बाराक ओबामाका योजनाकार बनेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्