दार्चुला, २७ वैशाख। दार्चुलामा एक बुवाले आफ्नी ११ महिने छोरीलाई आगो लगाएका छन्। दार्चुलाको व्यास गाउँपालिकामा एक बुवाले आफ्नी ११ महिनाको छोरीको आगो लगाएर हत्या गरेका हुन्।
व्यास गाउँपालिका वडा नं ५ चुकपानीका बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरे। घर नजिकै रहेको खरमा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए। सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ। उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ।
राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए। हत्या गर्नाको कारण खुलाइएको छैन।



लाेकपाटी न्यूज
