अमेरिकी बारमा गोली चल्यो, एकको मृत्यु, दुई घाइते

pic
लाेकपाटी न्यूज

वासिङ्टन, २७ वैशाख। संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो। स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताए।
(सिन्ह्वा)