काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसदहरुले संसदमा बोलेका अमर्यादित शब्द हटाउन सभामुख कृष्ण बहादुर महराले निर्देशन दिएका छन्।
गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादा विपरीतका शब्द संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
शुक्रबारको बैठकको शुरुमै सभामुख महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका हुन्। बैठक शुरु गर्दै सभामुख महराले भने, ‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टीकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छ।
सभामुख महराले आफूले ती सबै शब्द हटाउन निर्देशन दिएको बताएपछि बैठक सुचारु भएको थियो ।
त्यसदिन प्रधानमन्त्रीले जवाफ दिने क्रममा कांग्रेस सांसद् र प्रधामनन्त्री ओलीबीच भनाभन भएको थियो। प्रश्न सोध्ने र जवाफ दिने क्रममा दुवै पक्ष आवेगमा आएका थिए।



लाेकपाटी न्यूज

