अमेरिकाले गर्‍यो समुद्रबाटै उत्तर कोरियाली जहाज कब्जा

samundri jahaj
लाेकपाटी न्यूज

काठमाडौं, २७ वैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर केरियाली नेता किम जोन उनबीच तेस्रो वार्ताका लागि पहल भईरहेको समयमा अमेरिकाले उत्तर कोरियाको एउटा जहाज नियन्त्रणमा लिएको छ।

उत्तर कोरियाली जहाजले अन्तराष्ट्रिय प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाउँदै अमेरिकाले जहाज नियन्त्रणमा लिएको हो। अमेरिकी न्यायिक विभागका अनुसार उक्त जहाजमा कोइला ओसारिँदै थियो।

संयुक्त राष्ट्रसंघले निर्यातमा रोक लगाएको भन्दै अमेरिकी अधिकारीले उक्त जहाजलाई समुद्रबाट नियन्त्रणमा लिएका हुन्। यसले गर्दा अमेरिका र उत्तर कोरियाबीच थप तनाव बढ्न सक्ने अनुमान गरिएको छ। परमाणु अस्त्र कै बिषयलाई लिएर लामो समयदेखि अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध राम्रो छैन।

अमेरिकाले भन्दा उत्तर कोरियाले परमाणु अस्त्र परिक्षण लगायतका कामहरु बन्द नगरेपछि उसले नाकाबन्दीसमेत लगाएको छ। यीनै बिषयहरुमा सहमति खोज्न ट्रम्प र किमबीच २ पटक वार्ता समेत भईसकेको छ। तर, अमेरिकाले नाकाबन्दी हटाउन नमानेपछि दुबै नेताबीचको भेट पनि उपलब्धीमुलक हुन सकेन्। उत्तर कोरियाले भने परमाणु अस्त्र परिक्षणको काम भने रोकेको छैन। (एजेन्सी)