नेपाल विप्लवले मात्र बचाउन सक्छन् : पूर्वजर्नेल डा. बस्नेत

Premsingh Basnyat
लाेकपाटी न्यूज

काठमाडौं। नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्नेतले देशलाई भ्रष्ट र राष्ट्रघातीहरुले समाप्त पारिसकेको भन्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई देश बचाउन सडकको नेतृत्व गर्न आग्रह गरेका छन्।

नेपालमा सबै दल र नेताहरु भ्रष्ट अनि राष्ट्रघाती भइसकेर देश नै समाप्त हुन आँटेको विप्लवले देशको रक्षा गर्न पनि सडक आन्दोलनको नेतृत्व गर्न जर्नेल बस्नेतले आग्रह गरेका हुन्। एक सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा बस्नेतले विप्लवको खुलेर प्रशंसा गरेका हुन्।

अन्तर्वार्तामा डा. बस्नेतले विप्लवसँग आफ्नो कहिल्यै भेट नभएको र अहिले देशमा सबै नेताहरु पद पाएर भ्रष्ट बनिसकेको अवस्थामा विप्लव मात्र स्वच्छ रहेकाले आफू विप्लवसँग भेट्न ईच्छुक रहेको बताएका छन्। उनले अन्तर्वार्ता नेपाली सेना र प्रहरीभित्र तरङ्गको विषय बनेको छ।

विप्लव नेकपाले राष्टियता, नागरिकता विधेयकविरुद्ध र भ्रष्टाचारविरोधी अभियानलाई अगाडि बढाइरहेकोमा आफू सकारात्मक रहेको तर राष्टियताको मुद्धामा विप्लवले अझ स्पष्ट विचार किटान गरिदिनुपर्ने पूर्वजर्नेल बस्नेतको भनाइ छ। ‘राष्ट्रियतामा यहाँको ठोस दृष्टिकोण आउनुपर्छ’ उनले भने।