आयो रोबोटले चलाउने बस

Bus
लाेकपाटी न्यूज

एजेन्सी। प्रविधिले दिन प्रतिदिन नयाँ चामत्कारी आविस्कार गरिरहेको छ। नयाँ आविस्कारमा छलाङ मारिरहँदा चीनले ‘डिजिटल चाइना’ अभियान अन्तर्गत स्वचालित पाण्डा बस सञ्चालनमा ल्याएको छ।

उसले फुझाऊमा विहीबार डिजिटल चाइन समीटको आयोजना गर्दै उक्त स्वचालित बस सञ्चालनमा ल्याएको चाइना डेलीले उल्लेख गरेको छ। १२ मिटर लामो उक्त स्वचालित बसमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जडान गरिएको छ।

यसका साथै यात्रुसँग कुरा गर्न सक्ने ‘भ्वाइस इन्टरएक्सन’ आपत्तकालिन द्वार प्रणाली लगायत सबैमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जडान गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्