सरियाले ताला फुटाएर सांसदकै कोठाबाट पैसा चोरी

Thief
लाेकपाटी न्यूज

सुर्खेत, २६ वैशाख। कर्णाली प्रदेशमा सांसदकै घरबाट पैसा चोरी भएको छ। कर्णाली प्रदेशका सांसद कुर्मराज शाहीको कोठाबाट ५४ हजार रुपैयाँ चोरी भएको हो।

मंगलबार दिउँसो सांसद कुर्मराज शाहीको खजुरास्थित कोठाबाट ५४ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। आफु मन्त्रालय गएका बेला कोठाबाट उक्त रकम चोरी भएको सांसद शाहीले बताए। दिउसो करिब २ बजे तिर चोरी भएको हो, उनले भने, कोठाको ताला फोडेर दराजभित्रको रुपैयाँ चोरी भएको छ।

कोठामा लगाएको ताला सरियाले फोडेको उनको भनाइ छ। कोठामा भएका अन्य सामान जस्ताका तस्तै छन्। घरमा कोहि नभएको मौका पारी पैसा चोरिएको उनले बताए। सांसद शाही वीरेन्द्रनगरको खजुरास्थित सिम्ताली चोक नजिकै भाडामा बस्दै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्