प्रेसिडेन्ट ग्रुपको रंगशालालाई ७५ हजार सहयोग

IMG_9827
लाेकपाटी न्यूज

काठमाडौँ, २६ वैशाख। राजधानी काठमाडौँको महाराजगञ्जमा खानाका पारखीहरुका लागि नयाँ रेष्टुरेन्ट “प्रेसिडेन्ट सेकुवा” सञ्चालन आएको छ। विभिन्न खानाका स्वादका पारखीहरुको मागलाई मध्यनजर गर्दै प्रेसिडेन्ट ग्रुप अफ होटलले आफ्नो नयाँ शाखा काठमाडौँको महाराजगन्जमा सञ्चालनमा ल्याएको हो।

राजधानी काठमाडौँमा ७ वटा र चितवनमा १ वटा शाखासहित चर्चीच बनेको ‘प्रेसिडेन्ट सेकुवा’को नवौँ शाखाको चर्चित हाँस्य कलाकार एवं धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले औपचारिक रुपमा उद्धघाटन गरेका छन्।

स्वभाविक मेनु र हाइजेनिक फुड, न्युन रकममा स्टार लेवलको सुविधा दिने उद्देश्यका साथ काठमाडौंको महाराजगञ्जमा नवौँ शाखा ग्राहक वर्गहरुको माग अनुसार सञ्चालनमा ल्याएको ग्रुपका अध्यक्ष शंकर भण्डारीले बताए।
सो अवसरमा धुर्मुसले बोल्दै फरकपनसहित मौलिक खानाको स्वाद लिन चाहने खानाका पारखीहरुलाई प्रेसिडेन्ट निकै उपयोगी हुने बताउँदै नेपालीमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रेसिडेण्ट सेकुवा भएको बताए।

२०६३ सालदेखि सुन्धारा सञ्चालनमा आएको यो ग्रुपले अहिलेसम्म प्रत्यक्ष रुपमा १५० र अप्रत्यक्ष रुपमा धेरैलाई रोजगारको सेवा प्रदान दिँदै आएको अध्यक्ष भण्डारीले बताए। फरकशैली पारिवारिक वातावरणमा रहेको सेकुवाले नेपालमै रोजगार सिर्जना गरी आयआर्जनमा लाग्न पनि सबैलाई अनुरोध गरेको छ।

बजारमा सञ्चालन भइरहेका सेकुवा कर्नरहरुको भीडमा आफ्नो छुट्टै विशेषतासहित प्रेसिडेन्ट सुकुवाले आफ्नो शाखा बिस्तार गरेको ग्रुपका सञ्चालक कृष्ण भण्डारीले बताए। प्रेसिडेन्टको राजधानीमा ६ वटा तथा भ्याली बाहिर लुम्बिनीमा एउटा शाखा सञ्चालनमा छ। यो शाखामा विभिन्न कलात्मक आट्र्सले श्रृगारिएको छ। जसमा प्रेसिडेन्टको स्वाद लिन आउने ग्राहक वर्गहरुलाई आर्कषित गर्ने अध्यक्ष भण्डारीको दावी छ।

सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने उनले बताए। कार्यक्रममा काठमाडौँ महानगरका वडा ४ का वडा अध्यक्ष महेश विष्ट लगायतले रेष्टुरेन्टका बारेमा प्रकाश पारेका थिए।

साथै होटल प्रेसिडेन्ट सेकुवाले धुर्मुस–सुन्तली फाउण्डेशनलाई चितवनमा रंगशाला बनाउनका लागि ७५ हजार पनि प्रदान गरेको छ। धुर्मुश सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेललाई आजै अध्यक्ष भण्डारीसहित ग्रुप परिवारले सो रकम हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्