सावधान ! कोलगेटमा भेटियो क्यान्सरको रसायन

colgate
लाेकपाटी न्यूज

काठमाडौं, २६ वैशाख। कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको एक अनुसन्धानले देखाएको छ।

कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको छ। त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनको दाबी छ।

यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ। स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ। त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइएको छ। (एजेन्सी)