काठमाडौं, २५ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने भ्रमणका लागि आज बिहीबार भियतनाम प्रस्थान गर्दै छन्। प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको मैत्रीपूर्ण निमन्त्रणमा त्यसतर्फ जान लागेका हुन्।
प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा वैशाख ३० गतेदेखि जेठ १ गतेसम्म तीन दिनको कम्बोडियाको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भियतनाममा रहँदा ओलीले समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने त्यहाँको नेसनल एसेम्लीको अध्यक्षसँग पनि भेट गर्ने कार्यक्रम पनि रहेको छ।
यसैगरी प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा आयोजना हुने रात्रिभोज कार्यक्रममा पनि प्रधानमन्त्री सरिक हुनेछन्। प्रधानमन्त्रीले हानाम प्रान्तमा आयोजना हुने इन्टरनेसनल डे अफ भैशाख (बौद्ध धर्मावलमीहरूको पर्व) र ची मिन नेसनल एकेडमी अब पोलिटिक्स र नेपाल भियतनाम बिजनेस फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीले भैरहवाको गौतम वुद्ध विमानस्थलमा भियतानमबाट चार्टर्ड फ्लाइट गर्न मिल्ने गरी सम्झौता परिमार्जन गर्नेबारे छलफल गर्ने बताईएको छ। त्यसपछि प्रधानमन्त्री कम्बोडिया जानेछन्। त्यहाँ प्रधानमन्त्री ओलीले कोम्बोडियाली समकक्षी हुन सेनसँग प्रतिनिधि मण्डलस्तरीय भेटवार्ता गर्नेछन् भने कम्बोडियाली प्रधानमन्त्रीले आयोजना गरिने रात्रीभोजमा सरिक सरिक हुनेछन् ।
त्यहाँ प्रधानमन्त्रीले शनल एसेम्बलीका अध्यक्षसँग भेट गर्नुका साथै नोम पेनमा आयोजना हुने व्यवसायीहरूको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीको भ्रमणमा उनको धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, सांसदहरू उच्च अधिकारी सञ्चारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहने छ।



लाेकपाटी न्यूज

