काठमाडौँ। ज्योतिष शास्त्रका अनुसार यस्ता केही राशिहरू पनि छन्, जुन राशि भएका पुरुषहरूप्रति महिलाहरू धेरै नै आकर्षित हुन्छन्। धेरैजसो युवतीहरूको आफ्नो उमेर परिपक्व भइसकेपछि आफ्नो जीवनसाथीको बारेमा हर समय सोच्ने गर्दछन्, कि धेरै माया गर्ने असल जीवनसाथी परोस्।
यसो त केटाहरूले नसोच्ने भन्ने पनि होइन। केटाहरूले पनि आफ्नो जीवनमा एउटा दुखसुखमा साथ दिने राम्री श्रीमती परोस् भन्ने कुरा सोचिरहेका हुन्छन्। ज्योतिषशास्त्रका अनुसार आज हामीहरू यस्ता केही राशिको बारेमा उल्लेख गर्दछौं, जुन राशि भएका महिलाहरू पुरुषप्रति आकर्षित हुने गर्छन्।
सिंह राशि – सिंह राशि भएका पुरुषहरु आकर्षक हुनुको साथै प्रेमिकाप्रति बफादार हुने गर्छन्। उनीहरु आफ्नो पे्रमिकालाई खुसी बनाउन हर तरिकाले प्रयासरत हुने भएकाले युवतीहरु यो राशिका पुरुषसँग मरिहत्ते गर्छन्। प्रेमिकालाई आफ्नो मुटु जत्तिकै ठान्ने भएकाले जस्तोसुकै हद पनि पार गर्न उनीहरु सक्षम हुन्छन्।
मकर राशि – यो राशि भएका पुरुषहरु आफ्नो स–सानो कुरामा पनि खुसी हुने गर्छन्। उनीहरु आफ्नो प्रेमिकालाई खुसी बनाउन धेरै तरिका लगाउँछन्। बोलीमा मात्र होइन, व्यवहारमा पनि सफा भएको कारण यो राशि भएका पुरुषहरु युवतीको रोजाइमा पर्ने गर्छन्।
कन्या राशि – कन्या राशि भएका पुरुषहरु निकै भावुक हुने गर्छन्। यो राशि भएका पुरुषहरुले आफ्नो प्रेमिकाका हरेक भावनालाई कदर गर्छन्। प्रेमिकालाई दुख नहोस् भन्ने मनसाय बोकेका हुन्छन्। उनीहरु आफ्नो प्रेमिकाको गल्तीमा सजिलै माफी दिनसक्ने खुबी भएका हुन्छन्।
पुरुषले रोज्ने ३ राशिका महिला
वैवाहिक जीवनमा बाँधिनु भनेको महिला पुरुषको मिलन मात्र नभई दुई परिवारको मिलन पनि हो। पारिवारिक मेलमिलाप र वैवाहिक जीवन सुखमय भएमा मात्र जीवन सुखद रूपमा अगाडि बढ्न सक्छ। आफ्नो जीवनमा आउने जीवनसाथी उत्कृष्ट परोस् भन्ने हरेक पुरुषको चाहना हुन्छ। उस्तै परिवारले पनि बत्तीसै लक्षणयुक्त बुहारीको आशा राखेका हुन्छन्।
ज्योतिषशास्त्रका अनुसार हरेक व्यक्तिको भविष्य कस्तो रहने भन्नेबारे अड्कल लगाउन सकिन्छ। फरक–फरक राशिअनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ। विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लेखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।
वृष राशि – वृष राशि हुने युवतीहरु धेरै नै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवारमाथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। सहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।
कन्या राशि – कन्या राशि हुने महिलाहरु शान्त स्वाभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलहदेखि पनि कन्या राशि हुनेहरु टाढा रहन रुचाउँछन्। जसका कारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरण नै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।
मीन राशि – मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफूभन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुखमाथि उनीहरुको विशेष निगरानी रहने गर्दछ। दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उक्साहटमा कुनै पनि कदम चाल्नु अगाडि धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।
श्रीमतिलाई माया गर्ने राशिका पुरुष
ज्योतिषशास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन्, जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिकाको हरेक दुखसुख, खुसीमा साथ दिने र रमाउने हुन्छन्। उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन्। यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा, चाहना पूरा गर्न सफल भएका हुन्छन्। आफ्नी श्रीमतीलाई धेरै माया गर्ने कुरा ज्योतिषशास्त्रले पुष्टि गरेको छ।
वृश्चिक राशि – यो राशि भएका पुरुष सबैको प्यारो हुन्छन्। आफ्नो जिम्मेवारीप्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाजप्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन्। सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशि भएका व्यक्तिले मान सम्मान पाउने गर्छन्। ज्योतिष सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रोसँग बुझेको हुन्छन्, त्यसकारण उनीहरुले सुखी जीवन बिताएका हुन्छन्।
मेष राशि – यस राशिका व्यक्तिहरुको पति–पत्नी बीचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन्। एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पूरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ। यो राशि भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ।
सिंह राशि – उक्त राशि भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन्। तर, यो राशी भएका पुरुषहरु अरु राशि भएकाभन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन्। यो राशि भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन्।
कन्या राशि – खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ। उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन्। घरायसी कामबाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन्।



लाेकपाटी न्यूज

