कांग्रेसका पछाडि लाग्नुस्, रामचन्द्र पौडेलका पछाडि नलाग्नुस् : रामचन्द्र पौडेल

Ramchandra-Poudel
लाेकपाटी न्यूज

रामेछाप, २५ वैशाख। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रिएको बताएका छन्।

उनले भने, ‘तपाईंहरु देउवा पनि नबन्नुस् तपाईहरु पौडेल पनि नबन्नुस्, तपाईहरु केवल नेपाली काङ्ग्रेस भन्नुस्।’ वर्तमान सरकार अराजकतर्फउन्मुख भएको उनले आरोप लगाए। नेपाली काङ्ग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईंले रामेछाप नगरपालिकालाई उपलब्ध गराउनुभएको शववाहन हस्तान्तरण गर्न रामेछाप बजारमा आयोजना गरिएको कार्यक्रममा नेता पौडेलले अहिले प्रदेश र स्थानीय सरकारको अधिकार खोसी केन्द्रिकृत शासन सत्ता लाद्न खोजिएको आरोप लगाए।

पार्टीका केन्द्रीय सदस्य डा. रामशरण महतले सरकारले पूर्वसरकारले ल्याएको कार्यक्रम आफ्नो कार्यक्रम भन्दै जनतालाई झुक्याइरहेको आरोप लगाए।