पृथ्वीमा खस्ला त आकाशीय पिण्ड ?

Earth globe
लाेकपाटी न्यूज

काठमाडौं। करीब साढे छ करोड वर्ष पहिले एस्ट्रोइड नामक आकाशीय पिण्ड पृथ्वीमा झर्दा यहाँ रहेका विशाल डाइनोसरको अन्त्य भएको थियो। यो निकै दुर्लभ घटना थियो। एस्ट्रोइड वैज्ञानिकहरुका लागि सधैं नै मनमा कौतुहलता जगाउने विषय रहँदै आएको छ।

यसैबीच एक सम्मेलनको क्रममा नासाका वैज्ञानिकले पृथ्वीमा विशाल एस्ट्रोइड खस्ने सम्भावना रहेको बताएका छन्। यससँगै समग्र विश्वभर एक किसिमको शून्यता छाएको छ। सबै मानिसमा यसबारेको चासो पनि बढेको छ।

वैज्ञानिकका अनुसार आकाशीय पिण्ड अर्थात् एस्टोइड तीव्र गतिमा पृथ्वीतर्फ बढिरहेको छ। यसको नाम २०१९–पीडीसी हो। यो पिण्ड आगामी ८ वर्षमा पृथ्वीसँग ठोक्किन सक्छ। नासाका सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिजका म्यानेजर पल चड्सले भने यो पिण्ड पृथ्वीमा ठोक्किने सम्भावना १० प्रतिशत रहेको बताएका छन्।

यदि यो पिण्ड पृथ्वीमा ठोक्किएको खण्डमा कुनै शहर पूर्ण रुपमा विनाश हुनसक्ने बताइएको छ। वैज्ञानिकले यो सम्मेलनमा पृथ्वीको कुन क्षेत्रमा यो पिण्ड ठोकिन्छ भन्ने विषयमा भने कुनै जानकारी नभएको बताएका छन्। तर, अफ्रिकादेखि अमेरिकासम्मको कुनै पनि क्षेत्रमा यो खस्नसक्ने बताइएको छ।

वैज्ञानिकका अनुसार अबको आठ वर्षमा कुनै पनि समयमा यो पिण्ड खस्न सक्छ। चड्सका अनुसार न्युयोर्क, डेनवर, पश्चिम र मध्य अफ्रिकाको एक ठूलो हिस्सा प्रभावित हुनसक्छ। सम्मेलनमा यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो। चड्सका अनुसार २० हजारभन्दा बढी विश्लेषणको जानकारीअनुसार आगामी शताब्दीमा मानिस हराउने सम्भावना १० हजारमा १ भाग छ।

तर, चड्सले यसको चिन्ता शून्यको बराबर रहेको बताए। उनले २०१९ पीडीसीजस्ता कुनै पनि पिण्ड पृथ्वीमा नठोक्किने बताए। यो केवल एक अभ्यास मात्र रहेको बताए। यो अभ्यास मात्र बताइएको भए पनि अन्तरिक्षमा हजारौंको संख्यामा एस्ट्रोइड छन्।

यसलाई कसैले पनि नकार्न सक्दैन। यसमा केही साना छन् भने केही यति ठूला छन् कि यदि उक्त पिण्ड पृथ्वीमा ठोक्किएको खण्डमा वास्तवमा पृथ्वीमा ठूलो विनाश ल्याउन सक्छ। सन् २०१३ मा पनि यसको पुष्टि भइसकेको छ।

यसअघि सन् २०१८ मा एक क्षुद्रग्रहक पनि पृथ्वीको वायुमण्डलसम्म आइपुगेको थियो। तर, पृथ्वीमा ठोक्किनुभन्दा पहिला यो ग्रह ध्वस्त भएको थियो। तर, यसको आकार निकै सानो थियो। तर, यसले पृथ्वीमा विनाश मच्चाउने आशंका शून्यको बराबर थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्