रुन पाइँदैन भनेको थिएँ, अहिले पुष्टि भयो : देउवा

Sher-Bahadur-Deuba
लाेकपाटी न्यूज

काठमाडौं, २५ वैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘कम्युनिष्ट शासन आए रून पनि पाइँदैन’ भन्ने कुरा पुष्टि हुन थालेको बताएका छन्।

प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय भाषा बोलेको र आफूहरूले विरोध गरे पनि सभामुखले रेकर्डबाट नहटाएको प्रसंग निकाल्दै देउवाले सभामुखको भूमिकाप्रति प्रश्न उठाए। ‘सभामुख निरिह भइसके।

प्रधानमन्त्रीले जे पायो त्यही बोल्ने भए,’ राष्ट्रिय जागरण अभियानको बुधबार काठमाडौंमा उद्घाटन गर्दै देउवाले भने, ‘मैले त्यही भएर भनेको, कम्युनिष्ट शासन आएपछि यस्तै हुन्छ भनेर।’

‘हिजो संसदमा तपाईंहरूले देखिहाल्नुभयो, प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोले। हामीले डिलिट गर्नुपर्छ भन्यौं। विरोध र्गयौं,’ उनले भने, ‘सभामुखले डिलिट गर्न सकेनन्।’सभामुखले प्रतिपक्षलाई भन्दा सत्तापक्षलाई महत्व दिएको उनको भनाइ छ।

‘नेपालको संसदीय इतिहासमै यति कमजोर, डरपोक र काँतर सभामुख देखेकै छैन,’ देउवाले भने, ‘धेरै सभामुख देख्यौं, यस्तो निरिह सभामुख देखेको थिइनँ।’ संसद प्रतिपक्षको भन्ने भनाइ भए पनि प्रतिपक्षलाई सभामुखले भूमिका नदिएको देउवाले बताए।

‘सरकार सत्तापक्षको, हाउस (सदन) प्रतिपक्षको भन्ने भनाइ छ,’ उनले भने। राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा मेरो सरकार भनेकोमा पनि देउवाले बेलायती महारानीजस्तो किन हुनुर्पयो भनेर प्रश्न गरे।‘गणतन्त्र आएपछि नेपाल सरकार भन्ने परम्परा नै बसिसकेको थियो।

अहिले किन बेलायती महारानी शैलीमा मेरो सरकार भन्नुर्पयो?,’ देउवाले भने। प्रधानमन्त्रीले जे पायो त्यही बोल्न थालेको देउवाको आरोप छ। ‘बेलायती महारानीकोभन्दा बढ्ता भइसक्यो कम्युनिष्टको हालत,’ उनले भने, ‘प्रधानमन्त्री जे पायो त्यो बोल्ने भइसके।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्