नेकपामा गएका छैनौं (विज्ञप्तिसहित)

CPN-Maoist-Centre
लाेकपाटी न्यूज

काठमाडौं। दाङको घोराही उपमहानगरपालिका १८ का चौध जना युवाले सामूहिक विज्ञप्ति प्रकाशित गरेर आफूहरु विप्लव नेतृत्वको नेकपामा प्रवेश नगरेको जनााएका छन्।

घोराही १८ काभ्रेखोलामा भएको भेलामा आफूहरुलाई कार्यक्रमबारे पूर्ण जानकारी नदिएर बोलाई कमिटिी गठन गरेको भन्दै आफूहरु सो पार्टीमा आबद्ध नरहेको जनाएका छन्।

विज्ञप्ति जारी गर्नेहरुमा पुष्प कुँवर, राजु खनाल, युवराज गिरी, टेकबहादुर मल्ल, धिरज पुन, जयराम नेपाली, प्रकाश बुढाथोकी, कमल रोका, बीरु, इमान घर्ती, बल घर्ती, जीत घर्ती, चमलाल कवर र बासुवेद रोका रहेका छन्।

उनीहरुले आफूहरुलाई नियतवश विप्लव माओवादीमा प्रवेश गरेको प्रचार गरेकोमा आपत्ति जनाएका हुन्। यस्तो छ जारी विज्ञप्ति।

123-768x1007