काठमाडौं, २५ वैशाख। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य भरत बम पक्राउ परेका छन्। बुधबार उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो।
उनको साथबाट विष्फोटक पदार्थसमेत बरामद भएको बाँकेका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिए। उनी नेकपाका पश्चिम कमाण्डका प्रभावशाली नेता हुन्। सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले नेकपाका नेता–कार्यकर्ता खोज्न ‘सर्च एण्ड अरेस्ट अपरेसन’ तिव्र पारेको थियो।
यसअघि अपराध महाशाखाको टोलीले नेकपाका मध्य कमान्डर तथा पोलिटब्युरो सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’ लाई काभ्रेबाट पक्राउ गरेको थियो।



लाेकपाटी न्यूज

